Wednesday, December 30, 2009
Love Latter
“तुमसे मिल्ना बाते करना बडाअछा लगता हे”
“निश्चल छ तिम्रो माया म जहाँ रहेता पनि म सँगै हुन्छ तिम्रो माया हजारौ फुलमा भुलेता पनि”
प्रिय, सागर जी,विश्वास जि,
आज लामो समयको अन्तराल पछि यो मनमा गुम्सिएर रहेका केही भावनाहरु पोख्ने प्रयास गरेकी छु । हुन त यस भन्दा अघि पनि तिम्रो समक्ष्य मनका भावनाहरु राख्ने प्रयास भने नगरेकी होइन् निष्ठुरी समय र परिस्थितिले साथ नदिएर ति प्रयासहरु असफल भै रहेका थिए । आज पनि निष्ठुरी समय र परिस्थतिले त्यसै गरी हेरी रहेका छन् भने म आफ्नो निर्जीव भावनाहरुलाई शब्दहरुको सहयोग लिई जीवित तुल्याउने प्रयास गरिरहेकी छु । केवल तिम्रो निम्ति भनेर मानिसको जिवन पनि विचित्रकै हुँदो रहेछ । यात्रै–यात्राले भरिएको जहाँ विश्राम गर्नेहरुका निम्ति कुनै स्थान नै हुँदोरहेनछ । बरु यात्रा गर्ने क्रममा हामीले विभिन्न गोरेटो, मोड अनि सहयात्रीहरु सँग जम्का भेट गर्नुपर्ने हुन्छ । त्यसै गरी यात्रा गर्ने क्रममा मैले पनि कुनै एउटा मोडमा तिमिलाई भेटेने अवसर प्राप्त गरेकी थिएँ । तर खै ! किन होला? मलाई तिमी सँग भेट भएका ती मोड र गोरेटाहरु प्रति किन यति धेरै मोह बसेको होला? जब जब ती गोरेटा र मोडहरुमा पाईला राख्छु त्यो समयमा मलाई प्रत्येक पल तिम्रो नै सम्झना आउछ ।
ति मोड र गोरेटाहरुले केबल तिम्रो नै प्रति बिम्बको झझल्को दिलाईरहेका हुन्छन् । अनि तिम्रो अनुपस्थितिमा पनि तिमी मेरै छेउछाउमा कतै छौ जस्तो आभास दिलाउँछ । ती पलहरु म कसरी भुल्न सक्छु ? जुन समयमा तिमी मेरो एकदमै नजिक थियौ र म खुसीले सायद पागल नै भएकी थिए त्यो समयमा म संसारकै सबै भन्दा भाग्यमानी हुँ जस्तो भान भए पनि कसै सँग आफ्नो खुसी बाड्ने चाहना गर्दिनथे, सायद तिमी सँग पनि समयले आफ्नै गतिमा पाईला चालीरहेको थियो भने म जहाँको त्यही रहेर तिमीलाई आफ्नो मन्दिरमा सजाइरहेकी थिए र सोच्ने गर्थे, भगवानले तिमीलाई मेरै निम्ति पठाएका हुन । दुभाग्यबस एक दिन अचानक मेरो मुखबाट नराम्रो वचन निस्कियो र तिम्रो कोमल हृदयमा त्यसले नराम्रो असर ग¥यो र पनि तिमी ले म प्रति कुनै नराम्रो ब्यवहार दर्शाएनौ झन् सुमधुर स्वरमा मलाई सम्झाएका थियौ । त्यही समयमा मलाई आभास भएको थियो कि कहाँ तिमी र कहाँ म? मेरा गुणहरु र क्षमताहरु भनेकै अवगुणहरु र कमजोरीहरु मात्र हुन त्यसैले म तिम्रो मायाको त के घृणाको पनि लायक छैन् । साथै मेरो मनले तिमीलाई पहिले नै रोजिसकेको थियो भने त्यो समयदेखि मेरो मनले तिमीलाई पहिलेको स्थानभन्दा धेरै माथि राखेर सम्मान पनि दिन थालिसकेको छ । त्यो समयमा तिमीलाई अत्यन्तै चाहँदा चाहदै पनि प्रस्तुत गरेर देखाउन सकिन, फेरी प्रेम देखाउने बस्तु पनि त होईन, प्रेमलाई मात्र अनुभव गर्न सकिन्छ होईन र ? मलाई त यस्तै लाग्छ । अनि मलाई देखेको भन्दा लेखेको भन्ने कुरामा एकदैमै विश्वास लाग्छ । त्यसैले यो जुनीमा म तिम्रो निम्ति कुनै पनि दृष्टिकोणबाट लायककी छैन त्यसैले तिमीलाई पाउने आशा पनि गरेकी छैन् । यो जुनि यसरी नै बित्नेछ, तिमी म सँग नभए पनि तिमीसँग बिताएका ति पलहरु सदा ताजा भएर मेरो मन–मस्तिष्कमा रहिरहनेछन् ति पलहरु मम्झी आसु भारी हरेछु त्यसैले पागल बनी हिडिरहेछु ।
बरु अब हुने प्रत्येक जुनिमा यसरी नै तिम्रो छेउछाउ भएर आउन पाँउ र यसरी नै तिमीलाई यो ह्दयको निस्छल माया दिन पाइरहुँ, हुन सके तिम्रो लायकको भएर आउन पाउँ । यो मनको भावना प्रस्तुत गर्ने क्रममा स स्वाथी भए जस्तै अनुभव पनि भैरहेछ किनकि तिम्रो पनि आफ्नो जीवन अनि चाहनाहरु छन् । मैले तिमीलाई चाहेजस्तै तिमीले पनि कसैलाई चाहन्छौ होला, त्यसैले तिमीले चालेका प्रत्येक पाईलाहरुले सफलताका मार्गहरु रोजुन, तिम्रो चाहनाहरुका मूर्तरुप लिउन् र तिम्रो ह्दयले चाहेको ब्यक्तिको माया प्रत्येक जुनीमा पाईरहोस भन्ने शुभकामना तिमीमा समर्पण गर्न चाहान्छु । किनकि तिम्रो खुसी नै मेरो चाहना अनि लक्ष्य हो । यो छातीमा हजारौ चोट भएपनि तिमीलाई कति धेरै मायाँ गर्छु, यस जन्ममा मात्र नभई सयौ जन्म सम्म तिमीलाई मायाँ गरी नै रहने छु । बादलको संसार आकाश भएपनि मायाको संसार मुटु नै हुदो रहेछ परिचीत अनुहार हजारौ भएपनि मनपर्ने अनुहार एउटै हुदोरहेछ । आखिर सबै भन्दा ठुलो त मनै पो रहेछ । जब कोही मन भित्र बस्छ उसलाई मनबाट निकाल्न निकै कठिन हुदोरहेछ । मानव जिवन भनेको यस्तै रहेछ । कहिले हासो त कहिले आशु तर जति चोट आएतापनि त्यसलाई हाँसेर सहनुपर्छ । माया त्यहा हुन्छ जहाँ दुई मुटुको एकमिलन हुन्छ । न त यसलाई कसैले मेटाएर मेट्न सकिन्छ । मायाँ कहिले मेटिदैन माया अमर हुन्छ । सायद यस जन्ममा तिम्रो हुन नसकेपनि अर्को जन्ममा अवश्य तिम्रै भएर यस धर्तिमा जन्म लिनेछु । यो दुई शब्द बाट बनेको मायाँ साचै नै एउटा अचम्मको रहेछ । यस संसारमा माया न हुदो हो त सृृष्टिको के हाल हुदो हो । आज मायाल नै यो विश्व अडेको छ । माया अपार छ कण....कणमा बसेको छ मानब देखि लिएर पशु पँक्षिमा पनि माया नै माया छ । मायाले नै जिवन उज्यालो बनाउँछ यति माया गरे ओइलिएको फुल पनि फक्रिन सक्छ । न त किन नै यसको पनि आफ्नै संसार छ । मायाँ गरेमा झर्न थालेको जिन्दगी पनि पलाउन सक्छ । उजाड जिन्दगी पनि हराभरा हुन सक्छ । मायाको वर्णन गर्न त कहा सकिन्छर ? यो पत्र पठाएको अर्थ र यसमा लेखेको कुरा पढेर तिमीले केही कुरा बुझयौ होला । यो पत्रको जवाफ फाल्गुन आठ गते पठाउनु हेर तिमीले यो कुरा थाहा पाएर कुनै टेनसन नलिनु किनभने तिमीलाई पढाईमा डिस्टब हुन्छ र मलाई केही कुरा भन्न मन लागेमा तिम्रो परिक्षा सकिएपछि भने हुन्छ । तिमीलाई मैले यति धेरै चाहन्छु कि त्यसको कुनै सिमा छैन । पत्र लेख्दा लेख्दै लामो हुन गएछ । पत्र पनि नहोस् कसरी लाईफको पहिलो चोटी कसैलाई प्रेम प्रस्ताब राखेको र मित्रतालाई प्रेममा बदल्न लागेको भएर पत्र लामो भयो त्यसको लागी क्षमा प्राथी चाहान्छु भन्दै मेरो कलम बन्द गर्दै अर्को पत्रको प्रतिक्षामा रहदै विदा चाहन्छु ।
चाहिदैन हिरा र मोति
मायाँ भए पुग्छ हे पुग्छ ।
गुरासको फेद मुनि संम्झनाको छाया
जहा गए नी किन लाग्छ मलाई तिम्रो माया
एक बारको मात्र हो यो हाम्रो जुनी
माया दिन किन हुन्थ्यो निष्ठिुरी तिमी
आफुलाई भन्दा धेरै माया गथ्र्थे उनलाई
पापी रैछ निष्ठिुरी त विर्सि गई गुनलाई
फुल सदा फुली रहोस
प्रकृतिले साथ नदिएपनि !
हाम्रो प्रेम सच्चा रहोस्
म बाट कुनै गल्ति भए तापनि !
टेबलमा फुल छ
माया मा भुल छ
भुल भए माफ पाउँ
माया भए जवाफ पाउँ
उहि तिम्रो फुलमति
Saturday, December 26, 2009
Real story
म मोडेल अर्थात् कठपुतली
बिनु रिजाल, एजेन्सीको सहयोगमा 18/06/2009 22:32:00
एउटी सुन्दर युवती भिडियो क्यामेराको अगाडि बसेकी छिन् । उनको नाम हो सिना केच । उनी मोडल हुन् । कुनै विख्यात फोटोग्राफरसँग उनी कास्टिङ गर्दै छिन् । केहीबेर फोटो खिचेपछि ऊ सिनालाई लुगा खोल भन्छ । उनी फोटोग्राफरको निर्देशनअनुसार लुगा खोल्दै जान्छिन् । सिना पहिरनमुक्त भएपछि फोटोग्राफर पनि आफ्नो सबै लुगा खोल्छ । र, सिनालाई भन्छ- 'ए मैयाँ, केही सेक्सी हरकत गर न !' फोटोग्राफरको सहयोगी सिनालाई फोटोग्राफरले भनेबमोजिम गर्न इसारा गर्छ ।
फोटोग्राफरको एसिस्टेन्ट सिनालाई दबाब दिँदै भन्छ- 'सिना ! तिमी फोटोग्राफरको संवेदनशील अंग समात र यसलाई मज्जाले निचोरिदेऊ । उसलाई यसो गरेको मन पर्छ । '
यो काल्पनिक घटना होइन । हामीले स्टार भन्ने गरेका टप मोडेलहरूको यर्थाथ हो । चमकदमकपूर्ण दुनियाँका यी फेसन मोडेलका अनुभव समेटेर अर्की टप मोडेल सारा जिफले पिक्चर मी डकुमेन्ट्री बनाएकी छिन् ।
सिना त्यो वरिष्ठ फोटोग्राफरले भनेजस्तै गर्छिन् । सुट गरिसकेपछि भने उनलाई साह्रै नमज्जा लाग्छ, ग्लानि अनुभव हुन्छ । भोलिपल्ट काम पाएको जानकारी दिइन्छ उनलाई । तर, उनी जागिर अस्वीकार गर्छिन् । 'कास्टिङ नै यति भद्दा छ भने काम कति भद्दा होला ।' त्यसपछि त्यो वरिष्ठ फोटोग्राफरले उनलाई कहिल्यै काम दिएन ।
चम्किलो मोडलिङ उद्योगको कुरूप अनुहार हो यो । तर, यसको कुरूपताबारे सार्वजनिक रूपमा कुरा गर्न थोरै मोडेल मात्र तयार हुन्छन् । तयार हुन् पनि कसरी ? उद्योगविरुद्ध बोल्नेहरूलाई नराम्ररी सिध्याइन्छ ।
यही 'गोप्य उद्योग'का सुन्दर अनुहार हाम्रो समयका आइकन भएका छन् । सहरका मुख्य स्थानमा चालीस फिट अग्ला होर्डिङबोर्डहरू उनीहरूका सुन्दर र सुडौल शरीर पस्किरहेका हुन्छन् । हामी उनीहरूलाई देखेर रोमाञ्चित हुन्छौँ र अनेकथरी कल्पना गर्न थाल्छौँ । मोडेलहरू डिप्रेसनको सिकार भएका र दुव्र्यसनीमा फसेका बाहेक यस उद्योगका बारेमा आममानिसलाई खासै थाहा हुँदैन । किनभने, मोडेलहरू ज्यादै कम अन्तर्वार्ता दिन्छन् । फेरि उनीहरूको अन्तर्वार्ता खेल सकिनासाथ खेलाडीले कपडा फुकाल्दै दिएको अन्तर्वार्ताजस्तो हुन्छ ।
अत्यन्त आकर्षक देखिने मोडलिङ उद्योगका विकृतिपूर्ण पाटाहरूका भण्डाफोर गर्ने हिम्मत गरेकी छिन् मोडेल सिना चेकले । उनले डकुमेन्ट्री फिल्म पिक्चर मीमा मोडेलहरू कति शोषित, पीडित र निरीह छन्, दुनियाँलाई बताउने 'जोखिम' उठाएकी छिन् ।
यो डकुमेन्ट्री पूर्वमोडेल सारा जिफले बनाएकी हुन् । मोडलिङ उद्योगमा टिक्न नसकेर उनले यसको भण्डाफोर गर्न लागेकी होइनन् । मोडलिङ उद्योगबाट उनले लाखौंँ डलर कमाइन् । चर्चित ब्रान्डहरू काल्भिन क्लिन, टमी हिलफिगर, डोल्स एन्ड गावाना आदिका लागि उनले मोडलिङ गरिसकेकी छिन् । कुनैवेला टाइम स्क्वायरमा उनका तस्बिर भएका ठुल्ठूला होर्डिङबोर्डहरू उभिएका थिए ।
पिक्चर मी डकुमेन्ट्री होम भिडियो डायरीका रूपमा बनाएकी थिइन् उनले । भिडियो खिच्ने क्रममा उनका पूर्वप्रेमी तथा सह-निर्देशक ओले सेल कहिलेकाहीँ र्याम्पमा नै भिडियो क्यामेरा लिएर जान्थे । फिल्मका विद्यार्थी भएकाले उनलाई क्यामेरा र्याम्पमा लैजान सजिलो भयो ।
डकुमेन्ट्री मोडलिङ उद्योगका सतही कुराबाट सुरु हुन्छ-मोडेलबीचको मित्रता, क्याट्वाक शोको गफ आदि । यसका साथै डकुमेन्ट्रीमा जिफ र सेलको व्यक्तिगत जीवन पनि उतारिएको छ, उनीहरूका कमाइ, सम्बन्ध आदि । सेलभन्दा जिफ कयौंगुणा
बढी कमाउँथिन् ।
यो डकुमेन्ट्री बनाउन पाँच वर्ष लाग्यो । डकुमेन्ट्री बनाउँदा उनीहरू फिल्ममेकरभन्दा अन्डरकभर पत्रकारजस्ता थिए ।
आफ्ना योजनाअनुसार भिडियो खिच्न भने पाएनन् उनीहरूले । सेललाई धेरैपटक आयोजकले शोमा छिर्न दिएनन् । अनि, छिर्न सफल भए पनि कतिपटक उनलाई शोबाटै निकालिएको थियो ।
एकपटक लसएन्जेलसमा रेस्टुरेन्ट मालिक मिस्टर चाउको घरमा जुसी शो भएको थियो । सेल सुटुक्क मोडेल, फोटोग्राफर र आयोजकहरूको गतिविधि खिचिरहेका थिए । हतियारसहितका गार्डले उनलाई देखे र उनको क्यामेरा खोसे । यस्ता घटना कति भए, कति !
एकदमै न्यून बजेटमा निर्माण गरिएको र सेलको कोठामा सम्पादन गरिएको यो डकुमेन्ट्री मोडलिङ उद्योगको कुरूप अनुहार देखाउन सफल छ । केही समीक्षकहरूले त यसलाई मोडलिङ-जगत्माथि बनेका वृत्तचित्रहरूमध्ये उत्कृष्ट मानेका छन् ।
यस डकुमेन्ट्रीमा एक १६ वषर्ीया मोडेलको कथा पनि समावेश गरिएको छ । ती मोडेल फोटोसुटका लागि पेरिस जान्छिन् । मोडलिङ-जगत्का बारेमा उनलाई खासै जानकारी छैन । उनका साथमा उनका अभिभावक वा मोडलिङ एजेन्सी कोही पनि छैनन् । सारा जिफ आफ्नो भोगाइका आधारमा ती किशोरीको पहिलो अनुभव यसरी बयान गर्छिन्- 'स्टुडियो छोडेर ती किशोरी बाथरुम जान्छिन् । त्यहाँ भेटिन्छ विश्वविख्यात फोटोग्राफर । ऊ बिस्तारै उनको शरीर सुम्सुम्याउन थाल्छ । उनका संवेदनशील अंगहरूसँग खेल्न थाल्छ । त्यसपछि... मोडेलहरू यस्ता हर्कतसँग अभ्यस्त हुँदै जान्छन् । यस्ता ज्यादती चुपचाप सहेर बस्छन् अधिकांश मोडेल । जसले विरोध गर्यो, त्यसको भविष्य समाप्त !'
तर, यी किशोरी मोडेलको अन्तर्वार्ता वृत्तचित्रमा राखिएको छैन । सुरुमा त उनी यो वृत्तचित्रमा आफ्नो अन्तर्वार्ता राख्न राजी भएकी थिइन् । तर, पछि यसको जोखिमयुक्त परिणामदेखि डराइन् उनी । आफ्नो अन्तर्वार्ता समावेश नगर्न अनुरोध गरिन् । जिफले मोडलिङ-जगत्मा सधंै धोका खाइरहने यी किशोरी मोडेललाई धोका दिन चाहिनन् ।
कहिलेकाहीँ त मोडेललाई मोडलिङ एजेन्सीका पैसावाल आयोजकका साथ रक्सी पिउन र खाना खान दबाब दिइन्छ । उनीहरूलाई निराश पार्न चाहँदैनन् मोडेलहरू किनभने यस कार्यक्रमका लागि आयोजकले एक लाख डलर खर्च गरिसकेका हुन्छन् । जिफ भन्छिन्- 'मोडेल निरीह हुन्छन् । उनीहरू आयोजक र व्यापारीका अगाडि लल्याकलुलुक परिदिन्छन् ।'
एकपटक १६ वषर्ीया एक मोडेललाई ४५ वर्षे फोटोग्राफरले यौनदुव्र्यवहार गरेछ । मोडेलले एजेन्सीसँग गुनासो गरिन् । एजेन्सीले उल्टै फोटोग्राफरसँग 'यौनसम्बन्ध राखेको भए तिम्रो के जान्थ्यो ?' भनेर हकारेछ ।
मोडलिङ सुरु गर्दा जिफ केवल १४ वर्षकी थिइन् । न्युयोर्कको इस्ट भिलेजमा उनको पहिलो फोटो सुट भएको थियो । फोटोग्राफरले उनको स्तन हेर्न चाहे । भर्खरकी किशोरी जिफका स्तन उठिसकेका थिएनन् । जिफले चुपचाप सर्ट खोलिन् । फोटोग्राफर उनको वरिपरि सार्क माछाझैं फनफनी घुम्यो र भन्यो- 'आवश्यक पर्यो भने तिमीले हामीलाई आफ्नो नांगो शरीर देखाउनुपर्छ ।'
जिफका बाबु स्नायु जीवविज्ञानका प्रोफेसर हुन् । २० वर्षको उमेरमा जिफ आफ्ना प्रोफेसर बाबुभन्दा कयौंगुणा बढी कमाउँथिन् । मोडलिङ क्षेत्रमा लाग्ने उनी परिवारको पहिलो सदस्य थिइन् । उनका बौद्धिक बाबुआमाले मोडलिङ क्षेत्रमा कदम राख्ने उनको योजनाको घोर विरोध गरे । तर, विद्रोह गरेर उनी यही पेसामा लागिन् ।
मोडलिङमा उनी संयोगवश छिर्न पुगिन् । एक दिन स्कुलबाट र्फकंदै गरेकी जिफलाई एक महिला फोटोग्राफर र उनका श्रीमान्ले देखे । फोटोसुटका लागि आग्रह गरे । त्यसको एक साताभित्रै उनले जमैकामा फोटोसुट गरिन् । प्रसिद्ध ब्रान्ड केल्भिन क्लिनका लागि मोडलिङ गरिन् । दिउँसो एकछिन् फोटोसुट गरेर उनी हजारौं डलर कमाउँथिन् । आमाबाबुसँग कुरा नमिलेपछि १८ वर्षको उमेरमा उनले घर छोडिन् । दुई वर्षमा नै भव्य र सुविधासम्पन्न एपार्टमेन्ट किन्ने पैसा कमाइन् ।
तर, पैसा प्रसस्तै कमाउने भए पनि मोडेल कठपुतलीभन्दा बढी केही होइन भन्छिन् उनी । यो पेसामा प्रवेश गरेका महिलालाई भविष्यका बारेमा नसोच्न र शारीरिक बनोट उस्तै र उही राखिराख्न प्रोत्साहन गरिन्छ । 'आफ्नो शरीरको तौल घटाउने कुरामा मात्र एउटी मोडेलको नियन्त्रणमा केवल यौटा कुरा हुन्छ- आफ्नो शरीरको तौल घटाउनु । त्यसबाहेक जीवनका कुनै पनि कुरा उनको नियन्त्रणमा हुँदैन ।'
अहिले जिफ २७ वर्षकी भइन् । उनी करनेल विश्वविद्यालयमा पढिरहेकी छिन् । उनले मोडलिङ चटक्कै छोडेकी भने छैनन् । तर, सुविधासम्पन्न फ्ल्याटको सट्टा अचेल उनी एककोठे सामान्य एपार्टमेन्टमा बस्छिन् । र्याम्पको सट्टा लाइब्रेरीमा समय बिताउँछिन् ।
'मोडलिङ-जगत्बाट,' जिफ भन्छिन्, 'मैले पाएको शिक्षा यही हो कि रातारात प्रगति गर्न खोज्नु हुँदैन ।'
Friday, December 25, 2009
नव बर्ष 2010 सालको उपलक्ष्यमा हार्दिक मङ्लमय शुभकामना
मनाउनुस् भ्यालेन्टाइन मज्जाले
भ्यालेन्टाइन डे कसरी मनाउने, प्रेमीप्रेमिकालाई के भन्ने, कहाँ जाने भन्नेबारेमा तपाईं चिन्तित हुनुहुन्छ ? भ्यलेन्टाइन डे मनाउनका लागि केही टिप्सहरु:
गफ गर्न मिल्ने स्थान रोज्नुहोस् :
आफ्नो जोडीसँग कहाँ घुम्न जाने भन्नेबारेमा चिन्तित हुनुहन्छ ? धेरै हल्ला हुने रेस्टुरेन्टमा जाँदा पनि तपाईं आफ्नो प्रेमीप्रेमिकासँग भावनात्मक गफ गर्न सक्नुहुन्न । आत्मीय बन्न पनि सक्नुहुन्न । त्यसैले शान्त वातावरण भएको स्थान राज्नुहोस् ।
'म तिमीलाई प्रेम गर्छु’ भन्ने वाक्य जति पुरानो भए पनि प्रेमीप्रेमिकाका लागि उति नै कर्णपि्रय हुन्छ |
प्रेमलाई ट्रयाकमा राख्नुहोस् :
नचाहेरै पनि भेटघाटको अवसरमा नकारात्मक पक्ष देखापर्छन् । कतिपय जोडीको भ्यालेन्टाइन डेकै अवसरमा नराम्रो झगडा परेको छ । आफ्नो प्रेमीप्रेमिकालाई गल्तीले पनि त्यो दिन आलोचना नगर्नु राम्रो हुन्छ । झुक्किएर बोलिहाले पनि एउटा नकारात्मक कुराको बदलामा पाँचवटा सकारात्मक कुरा भनेर सच्चाउनुहोस् । प्रेमीप्रेमिकालाई केही नकारात्मक कुरा भनेमा त्यसको असर कम गर्न, उसका सकारात्मक कुरा पनि भन्नुपर्छ ।
प्रंशसा गर्नुहोस् :
प्रेम गर्न प्रेमदिवस नै चाहिन्छ भन्ने त होइन । तर, भ्यालेन्टाइन डेका अवसरमा गरिएका प्रशंसा तथा प्रेमको अभिव्यक्तिले थप ऊर्जा दिन्छ । 'म तिमीलाई प्रेम गर्छु' भन्ने वाक्य जति पुरानो भए पनि प्रेमीप्रेमिकाका लागि उति नै कर्णपि्रय हुन्छ । भ्यालेन्टाइन डेको दिन 'म तिमीलाई प्रेम गर्छु, संसारमा तिमी मेरा लागि सबैभन्दा सुन्दर व्यक्ति हौ' भन्न नबिर्सिनुहोला । प्रंसशा गर्दा भएनभएका प्रशंसा भने नगर्नुहोला । यस्तो प्रशंसाले प्रेमीप्रेमिकालाई असहज महसुस हुन सक्छ ।
सजह कुराकानी गर्नुस् :
भ्यालेन्टाइन डेको अवसर भनेर केही असहज महसुस गर्नुपर्दैन । सहज तरिकाले कुराकानी गर्नुहोस् र बढी आत्मीय बन्ने प्रयास गर्नुस् । अन्य कुराभन्दा आफ्नो प्रेमीप्रेमिकाको प्रसंगलाई ध्यान दिएर कुरा गर्नुस् ।
प्रेमालाप अत्यावश्यक हुन्छ :
अन्य दिनमा पनि एकअर्कामा प्रेम त अवश्य हुन्छ । तर, भ्यालेन्टाइन डेको अवसरमा प्रेममा विशेष मसला थप्नुहोस् । अन्य दिनभन्दा धेरै समय प्रेमीप्रेमिकाको आँखामा हेर्नुस् । यसको अनुभव एकअर्कालाई सुनाउनुहोस् ।
हाँस्न नबिर्सनुस् :
एक सर्वेक्षणअनुसार प्रत्येक दसमा दुई व्यक्ति मात्र कुराकानीको क्रममा हाँस्छन् । त्यसैले आफ्नो कुराकानीलाई रमाइलो र हाँसो उठ्दो बनाउनुस् र तपाइर्ं पनि हाँस्नुहोस् । हाँस्दा प्रेमीप्रेमिकाको नजिक बस्नुस् । प्रेमिप्रेमिकालाई छुनुहोस् ।
अपरिचितजस्तो अभिनय गर्नुस् :
बारम्बारको भेटघाट र घुमघामको रोमान्स मलिनो हुन सक्छ । त्यसैले सुरुमा प्रेममा पर्दाको जस्तो अभिनय गर्नुस् । प्रेमीप्रेमिकाका आँखामा हेर्दाको रोमान्टिक अनुभव नर्बिसनुस् । प्रेममा रोमान्स थप्न यो आफ्नो पहिलो डेट भएको अभिनय गर्नुस् ।
मूल्य नर्बिसनुस्:
भ्लेन्टाइन डे मनाउने स्थानको शुल्क, कार्डको शुल्क हेर्न नबिर्सनुस् । आफ्नो गच्छेभन्दा धेरै खर्च गरेर भ्यालेन्टाइन मनाउँदा प्रेमसम्बन्ध एक दिनको सम्बन्धमा मात्र सीमित होला ।v