Wednesday, December 30, 2009

Love Latter


तुमसे मिल्ना बाते करना बडाअछा लगता हे
निश्चल तिम्रो माया जहाँ रहेता पनि सँगै हुन्छ तिम्रो माया हजारौ फुलमा भुलेता पनि


प्रिय, सागर जी,विश्वास जि,
आज लामो समयको अन्तराल पछि यो मनमा गुम्सिएर रहेका केही भावनाहरु पोख्ने प्रयास गरेकी छु हुन यस भन्दा अघि पनि तिम्रो समक्ष्य मनका भावनाहरु राख्ने प्रयास भने नगरेकी होइन् निष्ठुरी समय परिस्थितिले साथ नदिएर ति प्रयासहरु असफल भै रहेका थिए आज पनि निष्ठुरी समय परिस्थतिले त्यसै गरी हेरी रहेका छन् भने आफ्नो निर्जीव भावनाहरुलाई शब्दहरुको सहयोग लिई जीवित तुल्याउने प्रयास गरिरहेकी छु केवल तिम्रो निम्ति भनेर मानिसको जिवन पनि विचित्रकै हुँदो रहेछ यात्रैयात्राले भरिएको जहाँ विश्राम गर्नेहरुका निम्ति कुनै स्थान नै हुँदोरहेनछ बरु यात्रा गर्ने क्रममा हामीले विभिन्न गोरेटो, मोड अनि सहयात्रीहरु सँग जम्का भेट गर्नुपर्ने हुन्छ त्यसै गरी यात्रा गर्ने क्रममा मैले पनि कुनै एउटा मोडमा तिमिलाई भेटेने अवसर प्राप्त गरेकी थिएँ तर खै ! किन होला? मलाई तिमी सँग भेट भएका ती मोड गोरेटाहरु प्रति किन यति धेरै मोह बसेको होला? जब जब ती गोरेटा मोडहरुमा पाईला राख्छु त्यो समयमा मलाई प्रत्येक पल तिम्रो नै सम्झना आउछ
ति मोड गोरेटाहरुले केबल तिम्रो नै प्रति बिम्बको झझल्को दिलाईरहेका हुन्छन् अनि तिम्रो अनुपस्थितिमा पनि तिमी मेरै छेउछाउमा कतै छौ जस्तो आभास दिलाउँछ ती पलहरु कसरी भुल्न सक्छु ? जुन समयमा तिमी मेरो एकदमै नजिक थियौ खुसीले सायद पागल नै भएकी थिए त्यो समयमा संसारकै सबै भन्दा भाग्यमानी हुँ जस्तो भान भए पनि कसै सँग आफ्नो खुसी बाड्ने चाहना गर्दिनथे, सायद तिमी सँग पनि समयले आफ्नै गतिमा पाईला चालीरहेको थियो भने जहाँको त्यही रहेर तिमीलाई आफ्नो मन्दिरमा सजाइरहेकी थिए सोच्ने गर्थे, भगवानले तिमीलाई मेरै निम्ति पठाएका हुन दुभाग्यबस एक दिन अचानक मेरो मुखबाट नराम्रो वचन निस्कियो तिम्रो कोमल हृदयमा त्यसले नराम्रो असर ¥यो पनि तिमी ले प्रति कुनै नराम्रो ब्यवहार दर्शाएनौ झन् सुमधुर स्वरमा मलाई सम्झाएका थियौ त्यही समयमा मलाई आभास भएको थियो कि कहाँ तिमी कहाँ ? मेरा गुणहरु क्षमताहरु भनेकै अवगुणहरु कमजोरीहरु मात्र हुन त्यसैले तिम्रो मायाको के घृणाको पनि लायक छैन् साथै मेरो मनले तिमीलाई पहिले नै रोजिसकेको थियो भने त्यो समयदेखि मेरो मनले तिमीलाई पहिलेको स्थानभन्दा धेरै माथि राखेर सम्मान पनि दिन थालिसकेको त्यो समयमा तिमीलाई अत्यन्तै चाहँदा चाहदै पनि प्रस्तुत गरेर देखाउन सकिन, फेरी प्रेम देखाउने बस्तु पनि होईन, प्रेमलाई मात्र अनुभव गर्न सकिन्छ होईन ? मलाई यस्तै लाग्छ अनि मलाई देखेको भन्दा लेखेको भन्ने कुरामा एकदैमै विश्वास लाग्छ त्यसैले यो जुनीमा तिम्रो निम्ति कुनै पनि दृष्टिकोणबाट लायककी छैन त्यसैले तिमीलाई पाउने आशा पनि गरेकी छैन् यो जुनि यसरी नै बित्नेछ, तिमी सँग नभए पनि तिमीसँग बिताएका ति पलहरु सदा ताजा भएर मेरो मनमस्तिष्कमा रहिरहनेछन् ति पलहरु मम्झी आसु भारी हरेछु त्यसैले पागल बनी हिडिरहेछु
बरु अब हुने प्रत्येक जुनिमा यसरी नै तिम्रो छेउछाउ भएर आउन पाँउ यसरी नै तिमीलाई यो ह्दयको निस्छल माया दिन पाइरहुँ, हुन सके तिम्रो लायकको भएर आउन पाउँ यो मनको भावना प्रस्तुत गर्ने क्रममा स्वाथी भए जस्तै अनुभव पनि भैरहेछ किनकि तिम्रो पनि आफ्नो जीवन अनि चाहनाहरु छन् मैले तिमीलाई चाहेजस्तै तिमीले पनि कसैलाई चाहन्छौ होला, त्यसैले तिमीले चालेका प्रत्येक पाईलाहरुले सफलताका मार्गहरु रोजुन, तिम्रो चाहनाहरुका मूर्तरुप लिउन् तिम्रो ह्दयले चाहेको ब्यक्तिको माया प्रत्येक जुनीमा पाईरहोस भन्ने शुभकामना तिमीमा समर्पण गर्न चाहान्छु किनकि तिम्रो खुसी नै मेरो चाहना अनि लक्ष्य हो यो छातीमा हजारौ चोट भएपनि तिमीलाई कति धेरै मायाँ गर्छु, यस जन्ममा मात्र नभई सयौ जन्म सम्म तिमीलाई मायाँ गरी नै रहने छु बादलको संसार आकाश भएपनि मायाको संसार मुटु नै हुदो रहेछ परिचीत अनुहार हजारौ भएपनि मनपर्ने अनुहार एउटै हुदोरहेछ आखिर सबै भन्दा ठुलो मनै पो रहेछ जब कोही मन भित्र बस्छ उसलाई मनबाट निकाल्न निकै कठिन हुदोरहेछ मानव जिवन भनेको यस्तै रहेछ कहिले हासो कहिले आशु तर जति चोट आएतापनि त्यसलाई हाँसेर सहनुपर्छ माया त्यहा हुन्छ जहाँ दुई मुटुको एकमिलन हुन्छ यसलाई कसैले मेटाएर मेट्न सकिन्छ मायाँ कहिले मेटिदैन माया अमर हुन्छ सायद यस जन्ममा तिम्रो हुन नसकेपनि अर्को जन्ममा अवश्य तिम्रै भएर यस धर्तिमा जन्म लिनेछु यो दुई शब्द बाट बनेको मायाँ साचै नै एउटा अचम्मको रहेछ यस संसारमा माया हुदो हो सृृष्टिको के हाल हुदो हो आज मायाल नै यो विश्व अडेको माया अपार कण....कणमा बसेको मानब देखि लिएर पशु पँक्षिमा पनि माया नै माया मायाले नै जिवन उज्यालो बनाउँछ यति माया गरे ओइलिएको फुल पनि फक्रिन सक्छ किन नै यसको पनि आफ्नै संसार मायाँ गरेमा झर्न थालेको जिन्दगी पनि पलाउन सक्छ उजाड जिन्दगी पनि हराभरा हुन सक्छ मायाको वर्णन गर्न कहा सकिन्छर ? यो पत्र पठाएको अर्थ यसमा लेखेको कुरा पढेर तिमीले केही कुरा बुझयौ होला यो पत्रको जवाफ फाल्गुन आठ गते पठाउनु हेर तिमीले यो कुरा थाहा पाएर कुनै टेनसन नलिनु किनभने तिमीलाई पढाईमा डिस्टब हुन्छ मलाई केही कुरा भन्न मन लागेमा तिम्रो परिक्षा सकिएपछि भने हुन्छ तिमीलाई मैले यति धेरै चाहन्छु कि त्यसको कुनै सिमा छैन पत्र लेख्दा लेख्दै लामो हुन गएछ पत्र पनि नहोस् कसरी लाईफको पहिलो चोटी कसैलाई प्रेम प्रस्ताब राखेको मित्रतालाई प्रेममा बदल्न लागेको भएर पत्र लामो भयो त्यसको लागी क्षमा प्राथी चाहान्छु भन्दै मेरो कलम बन्द गर्दै अर्को पत्रको प्रतिक्षामा रहदै विदा चाहन्छु

चाहिदैन हिरा मोति
मायाँ भए पुग्छ हे पुग्छ


गुरासको फेद मुनि संम्झनाको छाया
जहा गए नी किन लाग्छ मलाई तिम्रो माया
एक बारको मात्र हो यो हाम्रो जुनी
माया दिन किन हुन्थ्यो निष्ठिुरी तिमी


आफुलाई भन्दा धेरै माया गथ्र्थे उनलाई
पापी रैछ निष्ठिुरी विर्सि गई गुनलाई


फुल सदा फुली रहोस
प्रकृतिले साथ नदिएपनि !
हाम्रो प्रेम सच्चा रहोस्
बाट कुनै गल्ति भए तापनि !

टेबलमा फुल
माया मा भुल
भुल भए माफ पाउँ
माया भए जवाफ पाउँ

उहि तिम्रो फुलमति



No comments:

Post a Comment

fallow me

Biswos Compounder

नेपालमा अहिले यति बज्यो