Friday, December 25, 2009

मनाउनुस् भ्यालेन्टाइन मज्जाले

भ्यालेन्टाइन डे कसरी मनाउने, प्रेमीप्रेमिकालाई के भन्ने, कहाँ जाने भन्नेबारेमा तपाईं चिन्तित हुनुहुन्छ ? भ्यलेन्टाइन डे मनाउनका लागि केही टिप्सहरु:

गफ गर्न मिल्ने स्थान रोज्नुहोस् :
आफ्नो जोडीसँग कहाँ घुम्न जाने भन्नेबारेमा चिन्तित हुनुहन्छ ? धेरै हल्ला हुने रेस्टुरेन्टमा जाँदा पनि तपाईं आफ्नो प्रेमीप्रेमिकासँग भावनात्मक गफ गर्न सक्नुहुन्न आत्मीय बन्न पनि सक्नुहुन्न त्यसैले शान्त वातावरण भएको स्थान राज्नुहोस्

' तिमीलाई प्रेम गर्छुभन्ने वाक्य जति पुरानो भए पनि प्रेमीप्रेमिकाका लागि उति नै कर्णपि्रय हुन्छ

प्रेमलाई ट्रयाकमा राख्नुहोस् :
नचाहेरै पनि भेटघाटको अवसरमा नकारात्मक पक्ष देखापर्छन् कतिपय जोडीको भ्यालेन्टाइन डेकै अवसरमा नराम्रो झगडा परेको आफ्नो प्रेमीप्रेमिकालाई गल्तीले पनि त्यो दिन आलोचना नगर्नु राम्रो हुन्छ झुक्किएर बोलिहाले पनि एउटा नकारात्मक कुराको बदलामा पाँचवटा सकारात्मक कुरा भनेर सच्चाउनुहोस् प्रेमीप्रेमिकालाई केही नकारात्मक कुरा भनेमा त्यसको असर कम गर्न, उसका सकारात्मक कुरा पनि भन्नुपर्छ

प्रंशसा गर्नुहोस् :
प्रेम गर्न प्रेमदिवस नै चाहिन्छ भन्ने होइन तर, भ्यालेन्टाइन डेका अवसरमा गरिएका प्रशंसा तथा प्रेमको अभिव्यक्तिले थप ऊर्जा दिन्छ ' तिमीलाई प्रेम गर्छु' भन्ने वाक्य जति पुरानो भए पनि प्रेमीप्रेमिकाका लागि उति नै कर्णपि्रय हुन्छ भ्यालेन्टाइन डेको दिन ' तिमीलाई प्रेम गर्छु, संसारमा तिमी मेरा लागि सबैभन्दा सुन्दर व्यक्ति हौ' भन्न नबिर्सिनुहोला प्रंसशा गर्दा भएनभएका प्रशंसा भने नगर्नुहोला यस्तो प्रशंसाले प्रेमीप्रेमिकालाई असहज महसुस हुन सक्छ

सजह कुराकानी गर्नुस् :
भ्यालेन्टाइन डेको अवसर भनेर केही असहज महसुस गर्नुपर्दैन सहज तरिकाले कुराकानी गर्नुहोस् बढी आत्मीय बन्ने प्रयास गर्नुस् अन्य कुराभन्दा आफ्नो प्रेमीप्रेमिकाको प्रसंगलाई ध्यान दिएर कुरा गर्नुस्

प्रेमालाप अत्यावश्यक हुन्छ :
अन्य दिनमा पनि एकअर्कामा प्रेम अवश्य हुन्छ तर, भ्यालेन्टाइन डेको अवसरमा प्रेममा विशेष मसला थप्नुहोस् अन्य दिनभन्दा धेरै समय प्रेमीप्रेमिकाको आँखामा हेर्नुस् यसको अनुभव एकअर्कालाई सुनाउनुहोस्

हाँस्न नबिर्सनुस् :
एक सर्वेक्षणअनुसार प्रत्येक दसमा दुई व्यक्ति मात्र कुराकानीको क्रममा हाँस्छन् त्यसैले आफ्नो कुराकानीलाई रमाइलो हाँसो उठ्दो बनाउनुस् तपाइर्ं पनि हाँस्नुहोस् हाँस्दा प्रेमीप्रेमिकाको नजिक बस्नुस् प्रेमिप्रेमिकालाई छुनुहोस्

अपरिचितजस्तो अभिनय गर्नुस् :
बारम्बारको भेटघाट घुमघामको रोमान्स मलिनो हुन सक्छ त्यसैले सुरुमा प्रेममा पर्दाको जस्तो अभिनय गर्नुस् प्रेमीप्रेमिकाका आँखामा हेर्दाको रोमान्टिक अनुभव नर्बिसनुस् प्रेममा रोमान्स थप्न यो आफ्नो पहिलो डेट भएको अभिनय गर्नुस्

मूल्य नर्बिसनुस्:
भ्लेन्टाइन डे मनाउने स्थानको शुल्क, कार्डको शुल्क हेर्न नबिर्सनुस् आफ्नो गच्छेभन्दा धेरै खर्च गरेर भ्यालेन्टाइन मनाउँदा प्रेमसम्बन्ध एक दिनको सम्बन्धमा मात्र सीमित होला ।v

No comments:

Post a Comment

fallow me

Biswos Compounder

नेपालमा अहिले यति बज्यो